कीर्तिपुरको मेयरमा कांग्रेस विजयी

 मंसिर १७, २०८१ सोमबार २१:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डौ - काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ ।

कांग्रेसका डङ्गाेल ५ हजार ३ सय ३४ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नेभएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले २ हजार ३६ मत प्राप्त गर्नुभयो।

यसअघि पनि कीर्तिपुरको मेयरमा कांग्रेस विजयी भएको थियो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया