रवि लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिएकाेप्रति रास्वपाकाे आपत्ति

 मंसिर २१, २०८१ शुक्रबार १७:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । साथै रास्वपाले लामिछानेलाई बुधवार मध्यराति चितवनबाट पोखरा पुर्‍याएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी सङ्घ–संस्थाहरूको पनि ध्यानाकर्षण गराएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज निकालेको विज्ञप्तिमा सरकारको कदम राज्य संयन्त्रको दुरुपयोग रहेको उल्लेख छ । लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले सहमतिमै लामिछानेलाई पोखरा लगिएको जनाएको छ । चितवनको सहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकिएपछि लामिछानेलाई रातमा पोखरा लगिएको थियो ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने थुनामा रहेका छन् । यसबीचमा उनलाई पोखरा, बुटवल, काठमाण्डौ र चितवन पुर्‍याइसकिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका छन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया