राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

 मंसिर २२, २०८१ शनिबार १७:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज हुनुभएको छ । उहाँ गएको बुधवार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको बुधवार नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज दिउँसो डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको छ । राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मीलगायतप्रति आभार व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया