एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाणै – प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।
आलोचना बढ्दै गएपछि भ्यू टावरलाई अहिले व्यवसायिक कम्प्लेक्स भनेर नामाकरण गरिएको छ । भ्यू टावरको लगानी एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँभन्दा धेरै रहेको छ । यो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन ।
भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । १८ तले भवन उपयोगविहीन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न सकेको छैन । भ्यू टावरसम्म जाने सडकको हालत खराब रहेको छ । भ्यू टावर वरपर सुकुम्बासी बस्ती रहेको छ ।
भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको यो टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको रहेको निर्माताको दाबी छ । भ्यू टावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।
गएको असारमा प्रधानमन्त्री नियुक्त भएपछि ओली पहिलोपटक गृहजिल्ला पुग्नुभएको छ । नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन झापामा भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।