हिउँदे वर्षा शुरू : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

 मंसिर २५, २०८१ मंगलबार ५:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिम नेपालमा हिजोदेखि हिउँदे वर्षा शुरू भएको छ । पश्चिमी वायु तिब्बततिर सरेको र हावामा रहेको बाष्प थोरै भएको करण हिउँदे वर्षा सुदूरपश्चिम र कर्णालीमा मात्र सीमित भएको मौसमविद्ले बताएका छन् ।

हिजो  सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा भएको छ । मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा  हिमपात भएको छ ।

आजदेखि फेरि मौसममा सुधार आउने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पश्चिमी वायुको थोरै प्रभावले देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भएको छ । तराई क्षेत्रमा बिहान केही समय हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका  पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम बदलीसँगै काठमाण्डौ उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया