एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ३२ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ८२ विन्दुमा झरेको छ । अघिल्लो दिन हिजो पनि शेयर बजार १२ दशमलव ८४ अङ्कले घटेको थियो ।
आज व्यापार, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो । हिजो पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।