खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति नागरि...
मंसिर २९, २०८१ शनिबार
संयुक्त राष्ट्रसङ्घले लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूलाई अहिले मानवीय सहायता पुर्याउन निकै गाह्रो भएको बताएका छन् ।
ठाउँठाउँमा संयुक्त राष्ट्रसङ्घका सहायता भण्डारणहरू लुटिएका, आक्रमणमा परेका, धम्कीका कारण कर्मचारी काममा जान छाडेका विज्ञप्तिमा उल्लेख छ । तर ठूला जोखिम र अभाव सहेरै भए पनि कतिपय ठाउँमा सेवा जारी राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उत्तर–पूर्वी सिरियामा स्वास्थ्य साझेदारहरूले २० वटाभन्दा धेरै मोबाइल मेडिकल युनिट सक्रिय पारेका छन् । यस्तै उत्तर–पश्चिममा ३० वटा मोबाइल मेडिकल टिमले आधारभूत स्वास्थ्य सेवा, खोप र मातृ हेरचाह प्रदान गरिरहेका छन् । यी टिमले विस्थापित मानिसहरूलाई खाना, पाल, जाडोको लुगा, स्वच्छता किट र नगदसहितका सहायता प्रदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले हजारौं सिरियाली शरणार्थी लेबनानबाट मस्ना सीमा विन्दु र अन्य सीमा पार गरेर इदलिब, ग्रामीण दमास्कस, दमास्कस, दारा, अलेप्पो र अन्य ठाउँहरूमा फर्कन थालेका जनाएकाे छ । यस्तै टर्कीबाट पनि सिरियालीहरू आफ्नो देशमा फर्किएका छन् । शरणार्थीहरू स्वदेशमा फर्किन थालेसँगै थप सहायताको खाँचो बढेको छ ।
धेरै मानिसहरूसम्म पुग्न र पीडित समुदायहरूलाई सहयोग गर्न थप सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले माग गरेका छन् । यूएनएचसीआरका अनुसार १४ वर्षको सिरियाली द्वन्द्व र सङ्कटको समयमा १३ लाख जनाभन्दा धेरै सिरियाली घर छाडेर भाग्न बाध्य भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।