२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उ...
मंसिर ३०, २०८१ आइतबार
काठमाण्डौ – गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो ।
संविधान संशोधन सत्तारुढ प्रमुख दुई वटा दलले मात्रै गर्ने नभइ सबै दलको सहमतिमा हुने उहाँको भनाइ छ । संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग छलफल गरेर सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।
सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, अर्थतन्त्र लयमा ल्याउने, विकास निर्माणलाई गति दिने गरी कांग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो । उहाँले अहिलेको सरकार सबै नागरिकको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले चाहे थुनामा रहेको होस् वा हिरासतमा रहेको होस् सरकार सबै नागरिकको मानव अधिकारका विषयमा सचेत रहेको बताउनुभयो । अहिले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको उहाँको तर्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।