विश्वकप फुटबलका यी अचम्मका फ्यान

 जेठ २९, २०७५ मंगलबार १९:२:२८ | उज्यालो सहकर्मी

फुटबलको महासंग्राम फिफा विश्वकपको २०१८ संस्करण २ दिनपछि रुसमा सुरु हुँदैछ । 

विश्वकप प्रत्यक्ष रुपमा हेर्नका लागि फुटबलका पारखीहरु रुस पुग्ने क्रम सुरु भइसकेको छ । फुटबल प्रेमीहरु विभिन्न किसिमका सवारी साधन चढेर रुसमा विश्वकप हेर्न गइरहेका छन् ।

यीनै फुटबल पारखीहरुमध्ये एक जना ७० वर्षका वृद्ध जर्मनीबाट ट्रयाक्टर चढेर रुस जाँदै गरेको भेटिएका थिए ।

ह्युबेर्ट वर्थ नाम गरेका ती वृद्ध जर्मनीबाट रुस जाँदै गर्दा पोल्याण्ड र बेलारुसको सिमानामा भेटिएका थिए ।

‘१० दिनमा त पुग्छु,’ प्रतिघण्टा ३० किलोमिटरको गतिमा रहेको सन् १९२० को दशकमा बनेको लान्ज बुलडग ट्र्याक्टरमा पूर्वतिर लागिरहेका उनले भने ।
ट्र्याक्टरमाथि सानो ‘घर’ नै थियो ।

उनको साथमा एउटा कुकुर पनि थियो । ‘काठले बनाइएको उनको ‘घर’ वियर बोक्ने भ्यान जस्तो देखिन्थ्यो ।

उनले पोल्याण्ड र बेलारुसको सिमाना पार गर्दै गरेको अवस्थामा भिडियो समेत लिन भ्याएका थिए ।

उनको चलायमान घरको अघिल्लो भागमा फुटबलको चित्रसँगै जर्मन भाषामा ‘हेल्लो मस्को’ लेखिएको स्टिकर टाँसिएको थियो । त्यसभन्दा अघिल्तिर एउटा साइकल थियो ।

घरको छतमा एउटा सोलार प्यानल पनि थियो ।

उनी पेट्रोल पम्पमा पुग्दा पेट्रोल भर्दै गरेका अन्य चालकहरु ट्र्याक्टरको ठूलो आवाजले तर्सिए । तर उनको साधन सामान्य स्थितिमा थियो ।

त्यहाँ उनले ६० लिटर डिजल भरे र बेलारुसको सिमानामा रहेको चेकपोस्टमा सडक कर तिरे ।

ती वृद्ध मिजासिला थिए । बोर्डर आसपासमा उनी एक सेलेब्रटी नै बन्न पुगे ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया