शेयर बजार २६ सय विन्दुमुनि झर्‍याे

 पुष ४, २०८१ बिहीबार १५:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

नेप्से झन्डै साढे २ महिनापछि २६ सय विन्दुमुनि झरेकाे हाे । यसअघि गएकाे असाेज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेकाे थियाे ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया