रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी

 पुष ५, २०८१ शुक्रबार १२:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी भएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार मुद्दा दर्ता गर्न लागेको हो ।

मुद्दा दर्ताको लागि हदम्याद आज सकिँदैछ । लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार सात सय जना बचतकर्ताले बचत राखेको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ ।

लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन सञ्चालक एवम् पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया