काठमाण्डौमा प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला

 पुष ६, २०८१ शनिबार ८:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’ काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको छ ।

एक्स्पोको हिजो बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गर्नुभएको हो । भोलिसम्म चल्ने मेलामा प्रविधिको क्षेत्रमा काम गरिरहेका विदेशी कम्पनीलाई नेपाल भित्र्याउने मुख्य उद्देश्य रहेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो ।

मेलामा प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालसहित, भारत र चीनका एक सयभन्दा धेरै कम्पनीको सहभागिता रहेको छ । भट्टराईले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको यो सबैभन्दा ठूलो मेला रहेकोले लाभ उठाउन आग्रहसमेत गर्नुभएको छ ।

त्यस्तै भृकुटीमण्डपमा चौथो नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनीसमेत चलिरहेको छ । मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित सेवाहरु लिन सकिनेछ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा धेरै नेपाली तथा विदेशी कम्पनीको स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया