साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ । साउन, भदौ, असोज, कात्तिक र मंसीरमा देशभित्र खपत गरी बाँकी भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बिक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पाँच महीनामा भारत निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।
विजुली निर्यातबाट आठ अर्ब १५ करोड भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
प्राधिकरणले यस वर्ष झन्डै ३० अर्ब रुपैयाँकोे बिद्युत बिक्री गर्ने लक्ष्य लिएकोमा असोज दोस्रो हप्ताको बाढीले विभिन्न आयोजना र प्रशारण लाइनमा क्षती पुग्दा लक्ष्य नभेटिएको बताएको छ । हिउँद लागेसँगै बिजुलीको निर्यात रोकेर आयात शुरु भएको छ ।
नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई आयात गर्नुपरेको हो । अहिले भारतबाट छ सय मेगावाट बिजुली आयात भइरहेको कार्याकारी निर्देशक घिसिङले बताउनुभयो । अहिले भारतले बढी माग हुने समयमा बिजुली नदिंदा लोडसेडिङ भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।