शेयर बजार झन्डै २९ अङ्कले बढ्यो

 पुष ८, २०८१ सोमबार १६:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – हिजो साढे १३ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर दुई हजार छ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।

म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो र बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज मानुषी लघुवित्तको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ । आज ८९ लाख आठ हजार कित्ता शेयर चार अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया