रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन आग्रह गरेको छ । पोखरेलकी श्रीमती अञ्जलाविरुद्ध सहकारीको बचत ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएको छ ।
श्रीमतीविरुद्ध पक्राउ पूर्जी जारी हुने तर श्रीमान् भने संसदको महत्वपूर्ण समितिको सभापतिकै रूपमा बस्नु कानुनी र नैतिक हिसाबले उचित नहुने माओवादीको माग छ । पोखरेल सभापति रहेसम्म श्रीमतीमाथिको अनुसन्धान पनि प्रभावित हुने माओवादीका सांसद अमनलाल मोदीको भनाइ छ ।
सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने मोदीको भनाइ छ । सार्वजनिक लेखा समितिलाई सरकारको छाया बनाइएको पनि उहाँकाे आरोप छ । तर एमाले र कांग्रेसका सांसदहरुले भने सभापति ऋषिकेश पोखरेलको बचाउ गर्दै राजीनामा दिनुपर्ने कुनै बाध्यता नभएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।