धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ

 पुष १२, २०८१ शुक्रबार ८:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिनुभयो ।

वेबसाइटमा समस्या रहेकोबारे ढिलो गरी थाहा भएको र आजसम्म समस्या समाधान हुने गरी काम भइरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

समस्या रहेका वेबसाइटहरुमध्ये केहीमा ‘यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्कने छौँ,’भन्ने सूचना राखिएको छ भने कतिपय वेबसाइट भने सूचनाविना नै बन्द छ ।

वेबसाइट नचल्दा पालिकाहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ । 
 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया