तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा हिजोदेखि बयान शुरू भएको छ ।
लामिछानेसँग हिजो न्यायाधीश नितिज राईले तीन घण्टा बयान लिनुभएको हो । बयानमा लामिछानेले अभियोगपत्रमा भनेजस्तो सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा हिजो उहाँको बयान नसकिएकाले आज पनि बयान लिइने अदालतले जनाएको छ ।
यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।
सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुने अदालतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।