श्रृंखलाले भावुक हुँदै भनिन् : यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं

 मंसिर १६, २०७५ आइतबार ११:५८:२४ | उज्यालो सहकर्मी

मिस वर्ल्डको ‘हेड टु हेड’ प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै उनले सिंगापुरको सुन्दरी जितको हकदार रहेको पनि बताएकी छिन् ।

हारबाट आफू दुखित भएको भन्दै उनले आफूलाई माग गर्ने सबै नेपालीको गुन कसरी तिरौं भन्ने मात्रै सोचाई आएको बताएकी छिन् ।

हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बरसम्म भोटिङ खुल्ला हुनेछ ।

मिस वर्ल्डको आधिकारिक वेबसाइट missworld.tv हो। वेबसाइटबाट आफ्नो सोसल मिडियाबाट लग इन गरी भोट गर्न सकिन्छ। त्यसैगरी mobstar app  डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया