सचिन परियारलाई प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली, भाइरल प्रवृत्तिबा...
पुस १८, २०८१ बिहिबार
इथियोपियामा एउटा ट्रक नदीमा खस्दा ७१ जनाको ज्यान गएको छ । दक्षिणी इथियोपियाको सिदामा क्षेत्रमा यात्रुहरूले भरिएको ट्रक नदीमा खस्दा ७१ जनाको ज्यान गएको क्षेत्रीय प्रहरी आयोगलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
ज्यान गुमाउनेमा ६८ जना पुरुष र तीन जना महिला रहेका छन् । दुर्घटनामा बाँचेकाहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
इथियोपिया विश्वमा सबैभन्दा धेरै गाडी दुर्घटना हुने देशको १९औं नम्बरमा छ । इथियाेपियामा वर्षेनि झन्डै ३२ हजार जनाले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । प्रति एक लाख जनसंख्यामा ४२ जना गाडी दुर्घटनामा पर्ने गरेका खबरमा उल्लेख छ ।
खराब सडक, लापर्बाहीपूर्ण ड्राइभिङ, चालक अनुमतिपत्र जारी गर्ने त्रुटिपूर्ण प्रणाली र सुरक्षा नियमहरूको कमजोर कार्यान्वयनका कारण ठूला दुर्घटनाहरू बढिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।