जय ट्रफी कप क्रिकेट आजदेखि : पुलिस र आर्मी तथा बागमती र मधेस खेल्दै

 पुष २१, २०८१ आइतबार ८:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जय ट्रफी कप क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती र मधेस प्रदेशगरी चार टोली छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शुरु हुन लागेको प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।

आज हुने खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती प्रदेश र मधेस प्रदेशले खेल्दैछन् । पुलिस र आर्मीको खेल विरगञ्जमा तथा बागमती र मधेसको खेल जनकपुरमा शुरु हुँदैछ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

क्यानका अनुसार अरू खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय फम्र्याटमा हुनेछ । क्यानका पूर्व अध्यक्ष जयकुमार शाहको नामबाट यो प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगितामा गएको वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शीर्ष चारमा रहेका टोली सहभागी छन् ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपीएफ शीर्ष चारमा नपर्दा उनीसहित आसिफ शेख, लोकेश बम, सन्दिप जोरालगायतका खेलाडीले खेल्ने छैनन् । नेपाल पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तराष्ट्रिय लिग टी–२० मा सहभागी हुने भएकाले उनले पनि यो प्रतियोगिता गुमाउनेछन् ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया