जय ट्रफी एलिट कप क्रिकेटमा दुई वटै खेल बराबरीमा सकियो

 पुष २२, २०८१ सोमबार १७:४२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो । दोस्रो पारीमा पुलिसका अमित श्रेष्ठले ३६ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले २/२ विकेट लिए ।

दोस्रो पारीमा आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।

बराबरीसँगै पुलिस १५ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै आर्मी १४ अङ्कसहित पुछारमा छ ।

यस्तै मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बाग्मतीले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर ९७ रन बनायाे । दोस्रो पारीमा बाग्मतीका ऋत गौतमले २५ रन बनाए । मधेशका हरिशङ्कर शाहले ३ विकेट लिए ।

दोस्रो पारीमा मधेशका मयन यादवले शतक बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।

बराबरीसँगै बाग्मती १५ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । यस्तै मधेश १५ अङ्कसहित दाेस्राे स्थानमा छ ।

हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया