नेपालबाट गहुँको तस्करी, प्रहरीले गर्‍याे २५ बोरा बीउ बरामद

 मंसिर १८, २०७५ मंगलबार ८:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाली कृषकले गहुँको बीउ पाउन मुस्किल भैरहेको बेला भारततर्फ बीउ तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले ठूलो परिमाणमा गहुँको बीउ नियन्त्रणमा लिएपछि बीउ तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २५ बोरा गहुँको बीउ बरामद गरेको छ । बिराटनगरको रानी नाका हुँदै जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले एनल २९७, एनल ९७१, आदित्य जातको गहुँको बीउ बरामद गरेको हो ।  

४० किलोको दरले २५ बोरा गहुँको बीउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व अनुसन्धान गुल्मका डीएसपी सुरेन्द्रराज रञ्जीतले बताउनुभयो ।  नियन्त्रणमा लिइएको गहुँको बीउ बिराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

भारततर्फ लैजान लागिएको गहुँको बीउ कहाँबाट लगिएको हो भन्ने खुलेको छैन । नेपालमा भन्दा भारतमा गहुँको बीउ महंगो पर्छ ।  नेपालमा २ हजार पर्ने गहुँको बीउ भारतमा ४ हजारसम्ममा बिक्री हुने गरेको पाइएको छ । 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया