विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
डोटी – जिल्लामा सञ्चालित जीपमा पछाडि थपिएका सिटहरु ट्राफिक प्रहरीले हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जीपको पछाडिको सिट हटाएपछि जीप चालकहरुले भाडा बढाएका हुन् ।
सवारी साधन सञ्चालकहरुले नियमविपरित जीपका पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा चल्ने दुई दर्जनभन्दा बढी जीपहरुको पछाडिका सिटहरु हटाएका हो । यसअघि बोलेरो जीपहरुले १५ जनासम्म यात्रु बोक्ने गरेका थिए ।
एउटा जीपमा चालकसहित ५ जना मात्र यात्रु बोक्नुपर्ने भएकोले आवतजावत गर्नको लागि सवारीसाधन पाउनै मुस्किल भएको केआईसिंह गाउपालिका ५ का स्थानीय जयराज जोशीले बताउनु भयो । मुख्य ठाउँबाट सवारी साधन प्याक भएर आउने गरेकोले अन्य ठाउँमा चालकहरुले जीप नरोक्ने भएकोले निकै समस्या भएको स्थानीयको गुनासो छ ।
डोटीका ग्रामिण क्षेत्रका सडकमा बढी महेन्द्रा बोलेरो जीपहरु चल्दै आएका छन् । डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललले जीप चालकले तोकिएको भन्दा बढी भाडा लिन नहुने तथा लिइएको पाइए कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘जीप चालकले बढी भाडा लिएको भनेर कोही प्रमाणसहित कोही आएमा हामी बढी भाडा लिने चालकलाई कारबाही गर्छौँ ।’
सवारी दुर्घटनालाई कम गर्नका लागि आफूखुसी सवारी धनीले पछि थपेका सीट हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताउनुभयो । ‘हाम्रो उदेश्य सवारी दुर्घटना घटाउनु हो, यात्रुलाई दुःख दिने होइन, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।