कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा पढ्ने विद्यार्...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई पारित गरेको छ ।
आज बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । समितिका सभापति अब्दुल खानले समितिबाट पारित भएको विधेयक संसदमा पेश गरिने बताउनुभयो ।
समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए/नभएको समीक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको बताउनुभयो ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मध्यस्तकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीका रूपमा लिएको छ । विधेयकले अरूको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्थासमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।