चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डौ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी जाने गरेका छन् ।
चिकित्सा शिक्षा विषयअन्तर्गत एमबीबीएस, बीएनएस, बीपीएच, बी–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न अहिले विभिन्न जिल्लाबाट एक सय चार जना विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको प्रतिष्ठानले जनाएको छ ।
मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको छ ।
बीपीएचमा नयाँ भर्ना भएका जुम्लाकाे कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय काठमाण्डौ पढ्न जानुपर्ने अवस्था अन्त्य भएर अहिले काठमाण्डौबाट जुम्ला पढ्न आउने विद्यार्थी धेरै रहेका बताउनुभयो ।
एमबीबीएस पढ्न प्रतिष्ठानमा काठमाण्डौबाट आएकी प्रतीक्षा ज्ञावालीले पनि प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिनुभयो ।
प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबीबीएसतर्फ–४३, बीपीएचमा–१५, बी–फार्मतर्फ–१४, बीएचसी नर्सिङमा–१७ , बीएनएसतर्फ–१५ गरी एक सय चार जना विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेका स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।