विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडाैं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ ।
एन्फा मैदान सातदोबाटो ललितपुरमा मंगलबार भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो ।
जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले निर्णायक गोल दोस्रो हाफमा गरेको हो । खेलको तेस्रो मिनेटमा नै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । तर १५ औं मिनेटमा एनआरटीले खेल बराबरी गर्याे ।
उसका लागि राजेश परियारले गोल गर्न सफल भए । तर त्यसपछि दुबै टिमबाट गोल भएन र पहिलो हाफ एक एक गोलको बराबरीमा सकाएका थिए । दोस्रो हाफमा भने एपीएफ खेलमा फर्कन सफल भयो ।
डी बक्स भित्र एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरे पछि पेनाल्टी मार्फत निर्णायक गोल सम्भव भएको हो । पेनाल्टीलाई सुदीप सिखरकारले गोलमा परिणत गर्दै ७३औं मिनेटमा एपीएफलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि थप गोल नभए पछि एपीएफले छैटौ चरणको खेलसम्म दोस्रो जित आत्मसाथ गर्न सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।