वरुण धवनले ‘एबीसिडी ३’ मा सर्वाधिक पारिश्रमिक लिँदै: रणबिर कपूर र रणवीर सिंहलाई टक्कर

 मंसिर १८, २०७५ मंगलबार १४:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - यसअघि फिल्म ‘एबीसिडी २’ मा मुख्य भूमिका निर्वाह गरिसकेका अभिनेता वरुण धवन अब छिट्टै नै ‘एबीसिडी ३’ मा देखिने भएका छन् । 

यसअघिको फिल्म ‘एबीसिडी २’ मा वरुणका साथ अभिनेत्री श्रद्धा कपूर मुख्य भूमिकामा थिइन् भने ‘एबीसिडी ३’ मा वरुणका साथमा अभिनेत्री कट्रिना केफ मुख्य भूमिकामा देखिनेछिन् ।

अहिले फिल्म ‘एबीसिडी ३’ को लागि वरुणले डिमाण्ड गरेको पारिश्रमिकको खबर चर्चाको विषय बनेको छ । रेमो डिसुजाको निर्देशनमा बन्ने फिल्म ‘एबीसिडी ३’ का लागि वरुणले अत्याधिक रकमको माग गरेका छन् । 

वरुण धवनले यस फिल्मका लागि २१ करोड भारतीय रुपैयाँ मागेका छन् । यो रकम बलिउडका नयाँ पुस्ताका अभिनेताहरुका लागि निकै ठूलो रकम हो । तर निर्माताहरुले वरुणलाई उनले डिमाण्ड गरेको रकम दिनका लागि राजी भइसकेका छन ।

वरुण धवन बलिउडमा नयाँ पुस्ताका स्टारको रुपमा स्थापित भइसकेका छन् । उनी अभिनित फिल्म ‘स्टुडेन्ट अफ द इयर’, ‘हम्टी शर्माकी दुलहनियाँ’, ‘बद्रीनाथकी दुलहनियाँ’, ‘जुडवा २’, ‘सुईधागा’ जस्ता फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए । 

साथै वरुण धवन आफ्नो अभिनयका कारण छोटो समयमै दर्शकको मनमा बस्न सफल भइसकेका छन् । यसैकारण ‘एबीसिडी ३’ का निर्माताहरु वरुणले मागेजति नै पारिश्रमिक दिन तयार भएका हुन् । 

यही कारण अहिले बलिउडका नयाँ पुस्ताका महंगा स्टार बनिसकेका छन् । यसअघि यो लिस्टमा अभिनेता रणबीर कपूर र रणवीर सिंहको नाम थियो भने अब वरुण धवन समेत लिष्टमा समेल भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया