सारा अली खानले पत्रकारलाई हातैले लेखेकाे चिठ्ठी पठाएर कफी पिउन निम्ता दिएपछि...

 मंसिर १८, २०७५ मंगलबार १५:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यूको तयारीमा छिन् । 

अहिले यस फिल्मको प्रमोशनमा व्यस्त सारा उनको पहिलो फिल्मको प्रमोशनको लागि हरेक किसिमका उपायहरु अपनाइरहेकी छिन् । एकपछि अर्का मिडिया च्यानलमा उनका अन्तरवार्ताहरु आइरहेका छन् ।

साथै उनले दिएका हरेक अन्तरवार्ताबाट बलिउड फिल्म उद्योगमा चर्चा पनि बटुलिरहेकी छिन् । उनको हिन्दी भाषामा भएको दख्खल र उनको आत्मविश्वासको प्रशंसा हुनुका साथै अन्तवार्ता हेरेर सारा डेब्यू अभिनेत्रीभन्दा पनि स्थापित अभिनेत्री भन्दै चर्चा भइरहेको छ । 

मिडियासँगको कुराकानीमासमेत पत्रकारसँग साराले गर्ने व्यवहारका कारण पत्रकारहरुबिच पनि राम्रो सम्बन्ध स्थापित गर्न सफल भइसकेकी छिन् । 

सायद साराले पनि राम्रोसँग बुझिसकेकी छिन् कि उनको तस्बिर खिच्ने र उनका बारेमा समाचार लेख्ने पत्रकारहरु उनको फिल्मी करियरमा महत्वपूर्ण भूमिका खेल्छन् ।  यही कारण साराले पत्रकारका लागि एउटा छुट्टै योजना बनाएकी छिन् । 

अहिलेको डिजिटल जमानामा साराले मिडिया तथा फोटो पत्रकारलाई हातले चिठ्ठी लेखेर धन्यवाद दिएकी छिन् । साथै उनले पत्रकारहरुलाई कफीका लागि निमन्त्रण दिएकी छिन् ।

साराले चिठ्ठीमा लेखेकी छिन्, ‘मेरो डेब्यू फिल्मबाटै यति धेरै अटेन्सन दिनु भएकोमा धन्यवाद ! यदि तपाइहरुसँग समय छ भने मसँग एक कप कफी पिउनका लागि आइदिनुहोला । म सधैं तपाईँहरुकी आभारी हुनेछु ।’ 

साराले हातले लेखेर पत्रकारहरुलाई पठाएको चिठ्ठी सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । 

फिल्म ‘केदारनाथ’ मा सुशात सिंह राजपुत र सारा अली खान जोडीको रुपमा छन् । प्रेम कहानीमा आधारित यो फिल्म यही डिसेम्बर ७ मा प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया