साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ

 फागुन २७, २०८१ मंगलबार १८:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराहीबाट साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका तीन जना पक्राउ परेका छन् ।

रुकुम पूर्वको भूमे गाँउपालिका–२ खबाङका ४४ वर्षका फर्कबहादुर घर्ती, ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका फर्कबहादुरले बोकेको आलुको बोराभित्र १५ किलो १ सय २३ ग्राम र रुपधनको साथबाट १४ किलो ५ सय ७२ ग्राम चरेस बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार पैदल हिँडिरहेको अवस्थामा उनीहरू घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ परेका हुन् ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया