महिलाको हत्या गरी शव बोरामा राखेर बागमतीमा फ्याँकेको आरोपमा...
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोको प्रदर्शनमा फोहोर गरेबापत काठमाण्डौ महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना बुझाएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिनुभएको हो । पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो काठमाण्डौमा प्रदर्शन गरेका थिए ।
जनप्रदर्शनका सहभागीहरूबाट सार्वजनिक क्षेत्रका सडकमा फोहोरमैला र भौतिक क्षति भएकाे दाबी गर्दै काठमाण्डौ महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा महानगरपालिकाको आर्थिक ऐनबमोजिम एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।
राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो पोस्टमा प्रदर्शनमा क्रममा भौतिक क्षति र फोहोर भएको कुरा स्वीकार गर्दै विधिको शासन मानेर काठमाण्डौ महानगरको निर्णयलाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।