फिदिम नगरपालिकाले बाँड्याे ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च

 मंसिर २१, २०७५ शुक्रबार १५:३५:४३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ । 

नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ ।

अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार रकम प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । यस्तै, दीर्घरोगी अन्तरगत किड्नी, मुटु र क्यान्सर रोगीका लागि १० हजार देखि २० हजार रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराइरहेको नगरपालिका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।

१४ वटा वडा रहेको फिदिम नगरपालिकाले यो कार्यक्रम सबै वडामा लागु गरेको नगरपालिकाका मेयर नेम्बाङले बताउनुभयो । जेष्ठ नागरिकलाई औषधी उपचारबापतको रकम प्रदान गर्न नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया