कानुनी जटिलताका कारण एनसेल कर असुलीमा समस्या भएको हाे : राजश्व सचिव ढुंङ्गाना

 मंसिर २१, २०७५ शुक्रबार १६:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राजश्व सचिव शिशिर ढुंङ्गानाले कानुनी जटिलताका कारण एन सेल कर असुलीमा समस्या भएको बताउनुभएको छ । 

प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा राजश्व सचिव ढुंङ्गानाले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कर असुलीमा समस्या परेको बताउनुभएको हो ।

कर असुलीका लागि बैक खाता रोक्का गर्नुको साथै ठूला करदाताको कार्यालयले पनि पहल गरिरहेका बेला सर्वोच्च अदालतले एनसेलको लाभांस निर्वाध रुपमा फिर्ता लैजान दिनु भन्दै रकम नरोक्न अन्तरिम आदेश जारी गरेपछि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

टेलिया सोनेराको लाभांस कर छली र सिनर्जी प्रालिको आयकर छलीको सम्बन्धमा परेको मुद्धालाई सर्वोच्चले एकसाथ हेरिरहेको भन्दै उहाँले त्यसको अन्तिम फैसला नआउन्जेल केही गर्न नसकिने बताउनुभयो ।

ठूला करदाता कार्यालयका प्रमुख  धनीराम शर्माले एन सेलबाट कर असुल गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म केही गर्न नसकिने बताउनुभयो ।

अन्तरिम आदेशमा लाभांश रोक्न पाउदैनौ भन्ने स्पष्ट उल्लेख भएकाले सर्वोच्चको अन्तिम फैसला नआएसम्म आफुहरुले केही गर्न नसक्ने बताउँदै एनसेल माथिको कर निर्धारणको प्रक्रिया भने चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।

समिति सभापति भरत बहादुर शाहले ठूला कम्पनीले कर छली गरिरहँदा कारबाही प्रक्रिया अघि नबढाउने हो भने त्यसले साना करदाता र समग्र कर असुलीलाई प्रभाव पार्ने भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

एनसेलसंगको लाभकर असुलीका सम्बन्धमा भइरहेको पहलबारे जानकारी लिन समितिले राजश्व सचिव ढुंङ्गानालाई बैठकमा बोलाएको हो । सिनर्जी प्रा लिले एनसेलको २० प्रतिशत शेयर बिक्री गर्दा २ अर्ब २९ करोड ४८ लाख ७० हजार कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गर्न गरेको आदेशलाई सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया