विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आफू मातहतको मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भइरहेको दावी गर्नु भएको छ ।
मन्त्री अर्यालले संघीय संसदको हिउँदे अधिवेशन सुरु हुनेबित्तिकै भूमि सम्बन्धी सबै कानुन निर्माण हुने गरी सो सम्बन्धी विधेयक निर्माण भइरहेको जानकारी पनि दिनुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भूमिसम्बन्धी आवश्यक कानुन निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भइरहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री अर्यालले कानुन निर्माण भएपछि सुकुम्बासी समस्या समाधानमा आफू केन्द्रित हुने योजना पनि अघि सार्नु भयो । उहाँले अव्यवस्थित बसोबास, जोखिमयुक्त बस्ती व्यवस्थापनको कामलाई पनि आफूले उच्च प्राथमिकतामा राखेको स्मरण गराउनु भयो ।
सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउने मन्त्री अर्यालको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।