भूतपूर्व गोर्खा सैनिककाे राजनीतिक अधिकारकाे प्रत्याभूति हुनुपर्छ : गेसो अध्यक्ष रार्इ

 मंसिर २१, २०७५ शुक्रबार १७:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरु नेपाली नै भएकाले आफूहरुको पनि राजनीतिक अधिकारको प्रत्याभूति हुनुपर्नेमा माग गरेका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष कृष्णकुमार राईले आफूहरु कामका लागि मात्रै बेलायत बसेको भन्दै नेपाली नागरिकको हैसियतले राजनीतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने बताउनुभएको हो ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेका बेला गोर्खा सैनिकहरुले आफूहरुलाई सामाजिक, धार्मिकलगायत राजनीतिक अधिकारबाट बञ्चित गर्न नमिल्ने धारणा राखेका हुन् ।

बेलायतमा कामका लागि मात्रै बसेको भन्दै उनीहरुले काम गर्नका लागि मात्रै त्यहाँबाट पाएको अनुमतिलाई आधार बनाएर आम नेपालीले पाउने अधिकारबाट आफूहरुलाई बञ्चित गर्न नमिलने तर्क गर्नुभयो ।

समिति सदस्यहरुले भने नेपाली नागरिकता नत्यागेकाहरुको सवालमा सबै अधिकार प्राप्त हुने भएकाले गेसोको हक अधिकारको बारेमा मात्रै छलफल गरिरहनु नपर्ने तर्क गरे । समितिका सदस्यहरुले दोहोरो अधिकार खोज्न नहुने भन्दै नेपालमा राजनीतिक अधिकार खोज्ने भए बेलायतको नागरिकता त्याग्न आग्रह गरे ।

नेपालको संविधानले गैह्र आवासीय नेपालीका हकमा नेपालको राजनीतिक अधिकार बाहेकका अधिकारको प्रत्याभूति गरेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया