पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा एउटी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनु भयो ।
स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका–१३, थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी हुन् ।
सधैं ३ बजे घर आउने छोरी बेलुकासम्म घरमा नआएपछि खोजतलासको लागि गाँउतिर जाँदा बालिका रुँदै आउन लागेको भेटेको बालिकाका बाबुले बताए । उनीहरुले छोरीसँग सोधपुछ गर्दा र शरीर जाँच गराउँदा बलात्कार भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको शंकास्पद व्यक्तिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय ठाडामा ल्याई थप अनुसन्धान गर्दा देव बहादुरले नै घटाएको स्वीकार गरेको प्रनाउ मल्लले जानकारी दिनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि पीडित बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।