अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो ।
गुरुङले गएको वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलाको विश्व तेक्वान्दो महासङ्घमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासङ्घले हिजो नतिजा घोषणा गरेको हो ।
ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले अहिलेसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानका लागि ७ वर्ष, ९ डानका लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत हुन्छ ।
गुरुङको सफलताले तेक्वान्दोप्रति समर्पित खेलाडी र देशकै शिर उचो बनाएको उनले बताए । यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनक रूपमा ग्रान्डमास्टरका नामले सम्बोधन गरिन्छ ।
नेप्लिज तेक्वान्दो महासङ्घका अध्यक्ष दीपक खड्काले पनि तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए । १७ वर्षको उमेरदेखि तेक्वान्दोमा सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
६३ वर्षका उनी हङकङमा बस्दै आएका छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत भइसकेका छन् । पूर्वब्रिटिश गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।
सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप’ मा सहभागिता जनाएका थिए ।
सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासङ्घ’ दर्ता गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।