अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – वेस्ट इन्डिजको टेस्ट क्रिकेट टिमको कप्तानबाट क्रेग ब्राथवेटले राजीनामा दिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का धेरै ठूला प्रतियोगिताहरू गुमाएपछि वेस्ट इन्डिज क्रिकेट अहिले ठूलो परिवर्तनको बाटोमा लागेको र क्रेग ब्राथवेटले चार वर्षपछि टेस्ट टोलीको कप्तानी छोडेका हुन् । ३२ वर्षीय ब्राथवेट सन् २०२१ मार्चमा जेसन होल्डरको ठाउँमा कप्तान बनेका थिए ।
यसैबीच क्रिकेट वेस्ट इन्डिजले शाई होपलाई टी–२० टोलीको कप्तान बनाएको जानकारी दिएको छ । रोभम्यान पावेलको ठाउँमा एकदिवसीय टोलीका कप्तान होपले टी–२० टोलीको नेतृत्व पाएका हुन् । पावेल सन् २०२३ देखि टी–२० टोलीको कप्तान थिए ।
नयाँ टेस्ट कप्तानको घोषणा छिट्टै गरिने छ । अहिले यो दौडमा एलेक एथेनाजे, माइकल लुइस, केसी कार्टी र जस्टिन ग्रीभ्स जस्ता खेलाडी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।