अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । जापानी कम्पनीहरू अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र झन्डै १० प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आज कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताउनुभएको छ र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिनुभएको छ ।
ट्रम्पले अप्रिल ३ मा अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताउनुभएको छ । जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा नबोल्नुभएको तर उहाँले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।
अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका साथै उहाँले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।