अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । नवनियुक्त सीईओ चापागाईंलाई आज अर्थ मन्त्रालयमा राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओमा सरकारले नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरे पनि नाममा विवादका कारण त्याे निर्णय सच्याएकाे थियाे ।
नेप्सेको सीईओका लागि आवेदन दिएका १० जनामध्ये झापाका चूडामणि चापागाईं, सर्लाहीका नारदकुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका थिए ।
चापागाईंले यसअघि सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय काम गरिसक्नुभएको छ । गएको माघ २५ गतेयता नेप्सेको सीईओ पद रिक्त रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।