जुम्लाको तापक्रम माइनस ४ पुग्यो

 मंसिर २२, २०७५ शनिबार १२:५:५३ | उज्यालो सहकर्मी

काठमाडौं – देशभरी नै चिसो बढ्दै गएको छ । सामान्यतया पुस महिनालाई जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो हुने महिना भन्ने गरेको छ । 

जसअनुसार चिसो हुने दिन आउँनै बाँकी रहेको मौसमविद्ले बताएका छन् । आज बिहान जुम्लाको तापक्रम माइनस ४ डिग्री पुगेको महाशाखाले जनाएको छ । यस्तै काठमाडौंको तापक्रम आज यो वर्षकै कम ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान विराटनगरको न्यूनतम तापक्रम सबैभन्दा धेरै १० दशमलब ५ डिग्री मापन गरिएको छ । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंको तापक्रम ४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको थियो । गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया