झिमरुक गाउँपालिकाको केन्द्र टुंग्याउन मतदान, भ्यागुतेको पक्षमा दुई तिहाइ मत !

 मंसिर २२, २०७५ शनिबार १८:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्यूठान – प्यूठानको झिमरुक गाउँपालिकाको केन्द्र तथा कार्यालय वडा नम्बर ४ भ्यागुतेमा हुने भएको छ ।

गाउँपालिकाको केन्द्र तय गर्न शनिबार भएको मतदानमा भ्यागुतेको पक्षमा दुई तिहाइ मत परेको छ । यसअघि केन्द्र भ्यागुते हुने अथवा पिडाल्नेमा हुने भन्ने विवाद थियो ।

विवाद समाधान गर्न बनेको कार्यदलले शनिबार चुनाव गराएको हो । ४२ जना गाउँसभाका सदस्यले मत हालेकोमा भ्यागुतेमा केन्द्र बनाउने पक्षमा २८ मत आएको छ ।

चार जनाले, पिडाल्ने, ९ जनाले तटस्थ र एकजनाको मद रद्द भएको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया