विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नागरिक समाजका अगुवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न सरकारसँग माग गरेका छन् ।
भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले आइतबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न माग गरेको हो ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगेका समाजका पदाधिकारीहरुले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।
भ्रष्टाचारको डरलाग्दो अवस्थाबाट देशलाई जोगाउन तत्काल उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्काले जानकारी दिनुभयो ।
सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरेपछि मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास सफल हुने समाजको निष्कर्ष छ । समाजले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार हुन नदिन तत्काल कानुनी संरचना तयारी पारेर कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ ।
सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिए पनि त्यसलाई सशक्त ढंगले कार्यान्वयनमा ल्याउन नसकेकोमा समाजको असन्तुष्टि छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको थियो ।
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आफूले असहिष्णु नीति लिएको र त्यसलाई प्रभावकारी कार्वान्वयन गर्न पुरै शक्तिका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा सरकार जुटेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।