सानिमा लाइफकाे जीवनश्री बीमा योजना शुभारम्भ

 मंसिर २३, २०७५ आइतबार १७:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा सानिमा जीवन श्री बीमा योजनाको शुभारम्भ गरेकाे छ ।

सेवा सुरु गरेकाे एक वर्ष पुगेकाे अवसरमा सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाले योजनाको शुभारम्भ गर्नुभएकाे हाे । त्यस अवसरमा कम्पनीको  प्रधान कार्यालय सिटी एक्सप्रेस भवन, कमलादीमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे । 

यस योजना मा १६ वर्ष देखि ६० वर्ष उमेरसम्मका महिला तथा पुरुषले न्यूनतम रु. ५ लाख वा त्यसभन्दा बढी रकमको जीवनबीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

याे योजनाको लागि बीमा अवधि १०,१५,२०,२५ वर्ष र बीमा शुल्क भुक्तानी अवधि क्रमशः ६, १०, १५, १८ वर्ष निर्धारण गरिएको छ ।

कम्पनीले सुरुमा नै पूरा बीमाअवधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० बोनस ग्यारेन्टी गरेको छ । 

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

बीमा समाप्ति मितिसम्म बीमा गरिएकाे व्यक्ति जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कको रु ७० का दरले पूरा बीमा अवधिको बाेनस एकमुष्ट प्रदान गरिनेछ ।

बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा बीमा गरिएकाे व्यक्तिको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी बाेनससमेत एकमुष्ट प्रदान गरिनेछ ।

 


 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया