विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडौं – शेयरबजार परिसूचक नेप्से आइतबार झण्डै ११ अंकले बढेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेप्से १० दशमलव ८५ अंकले बढेर ११ सय ३१ दशमलव ७० अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । कारोबार रकम भने बिहीबारको तुलनामा झण्डै १६ करोड रुपैयाँले घटेको छ । आइतबार २२ करोड ३७ लाख रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् ।
नेप्से बढेसँगै आइतबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै साढे ५ प्रतिशत कमाएका छन् । लक्ष्मी इक्वीटी फाउण्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने झण्डै साढे ४ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।