विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सम्पर्क कार्यालय नेपालगञ्जमा दैनिकजसो अनियमितताका उजुरी दर्ता हुने गरेका छन् ।
दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका हुने गरेका छन् । मन्त्रालयगत आधारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका धेरै उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल शाखा कार्यालय नेपालगञ्जले जनाएको छ ।
कार्यालयले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आइतबार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तियारका शाखा अधिकृत नारायणदत्त उपाध्यायले गएको आर्थिक वर्षमा कार्यालयको क्षेत्राधिकारमा रहेका जिल्लाबाट प्राप्त उजुरीमध्ये स्थानीय तहका सबैभन्दा बढी १ सय ४३ उजुरी दर्ता भएको जानकारी दिनुभयो ।
यसैगरी स्थानीय तहपछि सबैभन्दा बढी शिक्षाका १ सय ३५ उजुरी दर्ता भएका छन् । सबैभन्दा कम महिला तथा बालबालिका र श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका कार्यालयका उजुरी छन् ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि नीतिसँगै नियत पनि परिवर्तन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, अख्तियारको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेलगायतले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।