विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट पीडित एकल महिलाहरुलाई जाडो याममा लगाउने ज्याकेट र ओढ्ने ब्ल्याङ्केट वितरण गरिएको छ ।
लामो समयसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाको पहलमा वन्यजन्तुबाट पीडित एकल महिलाहरुले जाडोमा न्यानो कपडा ज्याकेट र ब्ल्याङ्केट पाएका हुन् ।
पूर्व प्रमुख संरक्षण अधिकृत तथा उज्यालो नेपालमा आवद्ध रमेश थापाले निकुञ्जका वन्यन्तुबाट पीडितलाई सहयोग गर्दा संरक्षण अभियानमा थप टेवा पुग्ने उदेश्यले उहाँहरुलाई न्यानो कपडा दिलाउन पहल गरेको बताउँदै आगामी दिनमा उहाँहरुलाई आयआर्जनका लागि सामूहिक बाख्रा पालन कार्यक्रमका लागि पनि सहयोग गर्न पहल गर्ने बताउनुभयो ।
राष्टिय प्रकृति संरक्षण कोष, थारु महिला उत्थान केन्द्र गुलरिया तथा युएस फिस, उज्यालो नेपालको आर्थिक सहयोग र बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा २० जना वन्यजन्तु पीडित एकल महिलालाई न्यानो कपडा ज्याकेट र बल्याङ्केट वितरण गरिएको हो । ‘मानव हात्ती सहअस्तित्वका लागि सहकार्य गरौँ’ भन्ने उदेश्यले सानो सहयोग स्वरुप वन्यजन्तु पीडित एकल महिलाहरुलाई विभिन्न संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले जानकारी दिनुभयो ।
निकुञ्ज स्थापना भएदेखि जंगली हात्ती, बाघ,गैँडालगायतका वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई गएको ७ वर्ष अघिदेखि निकुञ्ज प्रशासनले मासिक एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने पनि गरिरहेको छ । अहिले विभिन्न संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको निकुञ्जले जनाएको छ ।
थारु महिला उत्थान केन्द्र गुलरियाकी अध्यक्ष लीलावती चौधरी र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्णनाथ बरालले संयुक्त रुपमा वन्यजन्तु पीडित एकल महिलाहरुलाई ज्याकेट र ब्ल्याङ्केट प्रदान गर्नुभएको उज्यालो नेपाल संस्थाका थापाले बताउनुभयो ।
चिसो बढ्दै गइरहेका बेला संरक्षण अभियानमा लागेका व्यक्ति तथा निकुञ्जको पहलमा आफूले न्यानो कपडा ज्याकेट र ब्ल्याङ्केट पाएपछि खुशी भएको पीडित अमृता जैशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।