अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।
फिफा वरियता अनुसार विश्वकपमा सहभागि ३२ राष्ट्र मध्ये यी दुई टिम सबैभन्दा कमजोर रहेका छन् । साउदी अरेबिया ६७ र रुस ७० औं स्थानमा छ । विश्वकपको उद्घाटन खेलमा नै प्रतिस्पर्धा गर्ने साउदी पहिलो एसियाली राष्ट्र पनि हो ।
दुई देश खराब फर्मबाट गुज्रिरहेका छन् । रसियाले गत अक्टोबरमा दक्षिण कोरियालाई पराजित गरेपछि खेलेका सात खेलमा जित हात पार्न सकेन । यस्तै साउदीले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको थियो ।
विश्वकप अघिको अन्तिम वार्म अप म्याचमा साउदीले जर्मनीसँग सुधारिएको खेल प्रदर्शन गर्दै दुई एक गोलको हार व्यहोरेको थियो । यसले खेलाडीको मनोवल केही उच्च भएको बताइएको छ । दुवै टोली विश्वकपको फाइनल चरणमा जितको खडेरलिाइ तोड्न चाहन्छन ।
रसियाले २००२ यता फाइनलका चरणका कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । साउदीले पछिल्लो पटक १९९४ को विश्वकपमा जित हात पारेको थियो । त्यसैले समुह ए मा रहेका रसिया र साउदीका लागि भोलिको खेल विषेश रहनेछ ।
मैत्रीपूर्ण खेलमा गरेको खराब प्रदर्शनका कारण समर्थको आलोचना सामना गरिरहेको रसिया ठूलो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न चाहन्छ । त्यसैका लागि विश्वकपको हब मस्को भन्दा केही टाढा गएर एक साता लामो अभ्यास गरेको थियो ।
रसिया र साउदीले विश्वकपमा अहिले सम्म समुह चरण पार गर्न सकेका छैनन् । यता साउदी देशमा भइरहेको फुटबल विकासलाई आफ्नो प्रदर्शनमार्फत विश्वकपलाई सकारात्मक चित्र देखाउन चाहान्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।