बैंकहरुले ७ महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा
फागुन २६, २०८१ सोमबार
कास्की – पोखराको फेवातालमा डुंगाबाट खसेर एकजना बेपत्ता भएका छन् ।
सोमबार बिहान सवा १० बजेतिर पोखरा घुम्न आएका काठमाडौं ताहाचल बस्ने १९ वर्षका रोजन श्रेष्ठ (सिंगल) प्याडल बोट चलाउने क्रममा अनियन्त्रित भएर डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतबार दिदी रोशनीसँग पोखरा घुम्न आएका उनले फेवातालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा डुंगा अनियन्त्रित भएको बताइएको छ । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।
श्रेष्ठको खोजी कार्य भैरहेको छ । उनी डुबेको खबर प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा रेस्क्यू टिमसहित १५ जनाको टोली खटिएर खोजी कार्य गरिरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।