जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ प्रदर्शन भइरहेकाे छ ।
अभिनेता सुशान्त सिंह राजपुत र सारा अली खानको यो फिल्म प्रदर्शनको पहिलो दिनमै बलिउड फिल्म समिक्षकले मिश्रित प्रतिक्रिया जनाएपनि दर्शकहरुले भने साराको डेब्यू फिल्म ‘केदारनाथ’को सह्राना गरिरहेका छन ।
निर्देशक अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको तेस्रो दिनसम्म प्रशंसनीय व्यापार गर्न सफल भएको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको तेस्रो दिनसम्म आइपुग्दा २७.७५ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ ।
फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको पहिलो दिन अर्थात गत शुक्रबार ७.२५ करोड, शनिबार ९.७५ करोड र तेस्रो दिन अर्थात आइतबार १०.७५ करोडको व्यापार गरेको छ । तीन दिनको कलेक्शन हेर्दा साराको यस फिल्मले दिन प्रतिदिन दर्शकहरुलाई हलसम्म तानिरहेको छ ।
फिल्म ‘केदारनाथ’ को कहानी भारतको उत्तराखण्डमा आएको बाढीलाई जोडेर बनाइएको छ । यस फिल्ममा सारा अली खान एक पण्डित परिवारकी चुलबुले युवतिको भूमिकामा छिन भने अभिनेता सुशान्त सिंह राजपुत एक मुस्लिम परिवारका सोझा युवकको भूमिकामा देखिएका छन् ।
अब्बल अभिनय क्षमताका कारण बलिउडमा अहिले सारा अली खानले पहिलो फिल्मबाटै चौतर्फी प्रशंसा बटुली रहेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।