शेयर बजारमा देखिएका समस्या छिट्टै समाधान हुन्छ : अर्थमन्त्री खतिवडा

 मंसिर २५, २०७५ मंगलबार १६:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले शेयर बजारको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उहाँले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाउनुभयो ।

अर्थमन्त्री खतिवडाले शेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह गर्नुभयो । अर्थमन्त्री खतिवडाले स्व–पूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले शेयर बजारलाई आधुनिक बनाउन चाहेको दाबी गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले शेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र शेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र शेयर लगानीकर्तालाई सचेत गराउनुभयो ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने शेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता समेत रहनु भएका उहाँले वर्तमान सरकार बनेयता किन शेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढन पनि सरकारलाई सचेत गराउनुभयो ।

केही दिनयता शेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि शेयर लगानीकर्ताहरुले पनि शेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया